महाभियोग प्रस्ताव दर्ता हुँदा सर्वोच्च अदालतमै थिए चोलेन्द्र

प्रधानन्यायाधीश जबराले तीन महीनादेखि मुद्दाको सुनुवाइ गरेका छैनन्।

नेपालभ्युज

महाभियोग प्रस्ताव दर्ता हुँदा सर्वोच्च अदालतमै थिए चोलेन्द्र

काठमाडौं। संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता हुँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत गइसकेका थिए।

सर्वोच्च अदालत स्रोतका अनुसार जबरा साढे १० बजे सर्वोच्च अदालत पुगेर नियमित काम थालेका थिए।

प्रधानन्यायाधीश जबराले तीन महीनादेखि मुद्दाको सुनुवाइ गरेका छैनन्।

अदालतको परमादेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै मन्त्रिपरिषद्मा भागबण्डा खोजेको आरोपमा जबरामाथि नेपाल बार एसोसिएसनले विगत १०७ दिनदेखि निरन्तर आन्दोलन गरिरहेको छ।

बारको आन्दाेलन निरन्तर भएसँगै जबराले पछिल्लो तीन महीनादेखि अदालतको प्रशासनिक काम मात्रै गर्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved