आजदेखि भौतिक उपस्थितिमै पठनपाठन

कोरोनाको तेस्रो लहरसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दैछन्। आजदेखि भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन हुँदैछ ।

नेपालभ्युज

आजदेखि भौतिक उपस्थितिमै पठनपाठन

काठमाडौं। कोरोनाको तेस्रो लहरसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दैछन्। आजदेखि भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन हुँदैछ ।

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन्। १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ।

सरकारले १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो पठनपाठन गराउन दिने बताए पनि अधिकांश विद्यालयले सबै विद्यार्थीलाई बोलाएर समेत पठनपाठन शुरु गरेका छन्। आजदेखि कक्षा सञ्चालन गरेको काठमाडौंस्थित बालुवाटारको पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक विनीता रञ्जीतले १२ वर्षमुनिका विद्यार्थीलाई पनि बोलाइएको जानकारी दिइन्। विद्यार्थी संख्याअनुसार बेञ्चमा २ जना मात्रै राखेर पढाउन थालिएको उनले बताइन्।

यस्तै डिल्लीबजारको पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयका प्रधानाध्यापक रीता तिवारीले शैक्षिक सत्र सकिनै लागेकाले कोर्श पूरा गर्नका लागि भए पनि नियमित रूपमा सबै कक्षा सञ्चालन गरिएको जानकारी दिइन्।

विद्यालयहरूले १२ वर्षमुनिका विद्यार्थीलाईसमेत नियमित रूपमा भौतिक उपस्थितिमा पढाउन शुरु गरे पनि काठमाडौं महानगरपालिकाले भने सरकारी निर्णयअनुसार विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले विद्यार्थी संख्या हेरेर १२ वर्षमुनिका विद्यार्थीलाई आलोपालो गरेर पढाउन अनुरोध गरे।

१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गर्न लागिएको हो। १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरूलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो।

१२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको सरकारले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved