त्रिपुरेश्वरमा मेयर शाक्यले उद्घाटन गरे आधुनिक शौचालय

नेपालभ्युज

त्रिपुरेश्वरमा मेयर शाक्यले उद्घाटन गरे आधुनिक शौचालय

काठमाडौं। काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ। शुक्रबार एक कार्यक्रमबीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरे।

एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट छ। महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ।

उदघाटन कार्यक्रममा मेयर शाक्यले काठमाडौं महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त शहरी सेवा सुविधा वितरण रहेको बताए। यो शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री भएको मेयर शाक्यले बताए।

नवनिर्मित शौचालयमा आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ। यसमा स्वचालित प्रविधिमा आधारित फोहोर व्यवस्स्थापन प्रणली पनि जडान गरिएको छ।

यस्तै यस शौचालयमा महिलाहरूलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved