४० हजार व्यापारीले लिए एक्जिम कोड

१० हजार मूल्यसम्मको मालवस्तु मात्रै एक्जिम कोडबिना आयात गर्न पाउने व्यवस्था छ। न्यूनतम् ५० हजारसम्मको वस्तु तथा सेवा आयात गर्ने तथा ५ लाख बराबरको निर्यात गर्नेले यो कोड अनिवार्य लिनुपर्ने हुन्छ।

नेपालभ्युज

४० हजार व्यापारीले लिए एक्जिम कोड

काठमाडौं। आयात/निर्यातको सहजताका लागि बनाइएको एक्जिम कोड ४० हजार बढी व्यापारीले लिएका छन्।

सरकारले विभिन्न देशबाट आयात/निर्यात गरिने मालवस्तुको सहज रेकर्डका लागि बनाएको निकासी/पैठारीका संकेत एक्जिम कोड अनिवार्य गरेपछि व्यापारीहरूको सहभागिता बढ्दै गएको हो।

यही १५ माघसम्मको तथ्यांकअनुसार ४० हजारभन्दा बढी व्यापरीले एक्जिम कोड लिएका छन्। आर्थिक वर्ष ०७४/७५ को साउनदेखि सरकारले अनिवार्य गरेको एक्जिम कोड लिने व्यापारीहरू बढिरहेको भन्सार विभागले जनाएको छ।

चालु आर्थिक वर्ष २०७८/०७९ को शुरुदेखि नै विभागले अनलाइनबाट एक्जिम कोड लिने व्यवस्था गरेपछि व्यापारीहरूलाई झनै सहज भएको विभागका प्रवक्ता पुण्यबिक्रम खड्काले जानकारी दिए।

सरकारले ‘निकासी/पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७३’ जारी गरेर आर्थिक वर्ष ०७४/७५ देखि भने यसलाई अनिवार्य गरेको थियो। विभागका अनुसार साना तथा घरेलु उद्योग र कम्पनीको सुरुवाती सामग्रीहरू आयात गर्नका लागि पनि एक्जिम कोड अनिवार्य गरिएको छैन।

कार्यविधिअनुसार विभिन्न कामको सिलसिलामा विदेश गएकाहरूको सहजीकरणका लागि १० हजार मूल्यसम्मको मालवस्तु मात्रै एक्जिम कोडबिना आयात गर्न पाउने व्यवस्था छ। न्यूनतम् ५० हजारसम्मको वस्तु तथा सेवा आयात गर्ने तथा ५ लाख बराबरको निर्यात गर्नेले यो कोड अनिवार्य लिनुपर्ने हुन्छ। कार्यविधिले उद्योगी व्यापारीले लिने र गैरव्यापारिक संघ संस्थाहरूले लिने गरी दुई किसिमको एक्जिम कोडको व्यवस्था गरेको छ। यसबाहेक कूटनीतिक नियोग, सरकारी कम्पनी तथा कार्यालयहरू र गैरनाफामूलक कम्पनीहरूका हकमा भने विशेष एक्जिम कोड प्रयोग हुन्छ।

विभागका अनुसार कोड नम्बर नलिएका व्यापारीले तोकिएको भन्दा बढी रकमको मालसामान आयात–निर्यात गर्न पाउँदैनन्। एक्जिम कोड लागू भएपछि आयात निर्यातमा संलग्नहरूलाई नियमन गर्न सहज सम्बद्ध भन्सार कार्यालयलाई सजिलो भइरहेको विभागका प्रवक्ता खड्काले जानकारी दिए।

आयातकर्ताहरूले तोकिएको १० लाखको चुक्ता पुँजी पुर्‍याएर दर्ता भएर ३ लाख धरौटी राखेर एक्जिम कोड लिन सक्छन्। निर्यातको हकमा भने चुक्ता पुँजीको प्रावधान राखिएको छैन। व्यापारमा निरन्तरता नदिनेले यस्तो कोड खारेज गर्ने र चाहना राख्नेले नयाँ कोड लिन थालेको विभा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved