शेखर खुमलटारबाट फर्किएपछि प्रचण्ड र नेपाल बालुवाटार पुगे

नेपालभ्युज

शेखर खुमलटारबाट फर्किएपछि प्रचण्ड र नेपाल बालुवाटार पुगे

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच बिहीबार बिहान भएको भेटबार्तापछि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रचण्ड-नेपालले समसामयिक विषयमा छलफल गरेका हुन्। बालुवाटारनिकट स्रोतकाअनुसार यी तीन नेताबीच एमसीसी, निर्वाचन र चुनावी गठबन्धनका विषयमा छलफल भएको थियो। उक्त भेटमा चुनावी गठबन्धन गरेर अघि बढ्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।

बिहीबार बिहान प्रचण्डलाई भेट्न कोइराला खुमलटार पुगेका थिए। उक्त भेटमा पनि चुनावी गठबन्धनका विषयमा छलफल भएको थियो। प्रचण्डले चुनावी गठबन्धन गर्नुपर्ने बताए पनि कांग्रेस नेता कोइरालाले चुनावी गठबन्धन नहुने स्पष्ट जवाफ दिएका थिए। त्यसपछि नेपालसहित बालुवाटार पुगेका प्रचण्डले एमसीसी र चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। भेटमा प्रचण्ड र नेपालले एमसीसी पास गर्न नहुने तर चुनावी गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए। तर जवाफमा देउवाले प्रधानमन्त्री देउवाले फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्नु प्राथमिकता रहेको बताएको स्रोतले बताएको छ।

प्रचण्ड र नेपालले एमसीसी संशोधनसहित पारित हुनुपर्ने बताइरहेकोमा प्रधानमन्त्री देउवा भने जुनसुकै हालतमा एमसीसी पास गर्नुपर्ने पक्षमा देखिएका छन्। गठबन्धनभित्र एमसीसीका कारण आन्तरिक विवाद चर्किँदै गएको समयमै एमसीसी मुख्य कार्यालयलाई प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लेखेको पत्र बाहिरिएको थियो। उक्त पत्र बाहिरिएपछि प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै चौतर्फ आलोचना भइरहेकोमा गठबन्धनभित्र पनि विवाद झनै पेचिलो बन्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved