विभागले भन्सार एजेन्टको परीक्षा मिति तोक्यो

नेपालभ्युज

विभागले भन्सार एजेन्टको परीक्षा मिति तोक्यो

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा २८ फागुनमा लिने भएको छ।

एक सूचना जारी गर्दै विभागले २८ गते दिउँसो २ बजे परीक्षा हुने जनाएको छ। परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ।

त्यसपछि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो। त्यसपछि फेरि आगामी माघ २९ गते तोकिएको परीक्षा पनि स्थगित गरिएको थियो।

२०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्सका लागि गत वर्ष विभागले आवेदन माग गरेको थियो। कूल ६६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुला गरिएको हो।

भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन्। विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो।

एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ। २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो। अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved