पूर्वराजालाई कमल थापाको प्रश्नः मलाई कलंकित पारेर के पाउनु भयो ? (भिडिओ)

“‘कुनै दिन राजालाई भेटेँ भने मलाई कलंकित पारेर के पाउनुभयो भनेर अवश्य सोध्ने छु,” उनले भने, “व्यक्तिगत रुपमा मलाइ धेरै पीडा भएको छ। मैले महाधिवेशनमा जितेको भए पनि निर्मल निवासको हस्तक्षेपको विरुद्ध बोल्ने थिएँ।”

नेपालभ्युज

पूर्वराजालाई कमल थापाको प्रश्नः मलाई कलंकित पारेर के पाउनु भयो ? (भिडिओ)

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले मंसीर अन्तिममा भएको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टी परित्याग घोषणा गर्नुअघि हेटौँडामा आफूनिकट कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले आफूलाई कलंकित पारेर राजाले के पाए ? भन्दै प्रश्न गरेका छन्।

“राप्रपाले शुरुदेखि नै राजसंस्था, हिन्दु राज्यको नारा लिएर अघि बढेको थियो,” उनले राजालक्षित टिप्पणी गर्दै भने, “तर, राजाबाटै मलाई कलंकित पार्ने काम भयो। राप्रपाको महाधिवेशनमा राजाको नांगो हस्तक्षेप भयो। मैले पटक पटक यो विषयमा सम्बोधन गर्न आग्रह गरे पनि पार्टी अध्यक्षले सुनुवाइ नगरेपछि म अलग हुने निर्णयमा पुगेका हुँ।”

थापाले राजनीतिक यात्रामा कयौँ पटक हारे पनि आपूmले सहज रुपमा लिँदै आएको तर पार्टीमा निर्मल निवासको हस्तक्षेप हुनु सामान्य कुरा नभएको बताए। महाधिवेशनमा ४०० मत नियोजित रुपमा बदर गर्न निर्मल निवासले खेल खेलेको समेत उनको आरोप छ।

“‘कुनै दिन राजालाई भेटेँ भने मलाई कलंकित पारेर के पाउनुभयो भनेर अवश्य सोध्ने छु,” उनले भने, “व्यक्तिगत रुपमा मलाइ धेरै पीडा भएको छ। मैले महाधिवेशनमा जितेको भए पनि निर्मल निवासको हस्तक्षेपको विरुद्ध बोल्ने थिएँ।”

थापाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पटक पटक निर्मल निवासको हस्तक्षेप विरुद्ध बोल्नको लागि दबाब दिए पनि सुनुवाइ नभएको आरोप लगाए। निर्मल निवासको यो कदमले राप्रपाको राजसंस्थाको वकालत गर्ने आधार नै कमजोर भएको उनको आरोप छ। राप्रपाको परिकल्पना राजाले पार्टीमा हस्तक्षेप गर्ने नभएको समेत उनले प्रष्ट पारे।

थापाले नयाँ पार्टी गठन गर्ने समेत संकेत गरेका छन्। आफूलाई आगामी दिनमा पनि सहयोगका लागि उनले कार्यकर्ताहरुलाइ आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved