नाफा बूक गर्ने ट्रेडर हावी हुँदा नेप्से दबाबमा, १६.३० अंकले घट्यो परिसूचक

आज २३० कम्पनीको एक करोड २० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। १३ मध्ये पाँच समूहका सूचक हरिया बनेका छन्।

नेपालभ्युज

नाफा बूक गर्ने ट्रेडर हावी हुँदा नेप्से दबाबमा, १६.३० अंकले घट्यो परिसूचक

काठमाडौं। बजार खुल्ने बित्तिकै बेस्सरी बढेको शेयरबजार अन्तिम प्रहरमा भने घटेर बन्द भएको छ। नेप्से सूचक मंगलबार १६.३० अंकले घटेको हो।

बजार बढ्न थालेपछि ट्रेडरहरुले धमाधम नाफा बुक गर्न शुरु गरेपछि नेप्सेले दबाबको सामना गर्नुपरेको हो।

यस गिरावटसँगै सूचक २८३५.५८ विन्दुमा अडिएको छ। आज ६ अर्ब २८ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि शेयर बजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्।

सोही उत्साहस्वरुपः बजार खुलेपछि नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदै २९२१ विन्दु आसपाससम्म पुगेको थियो। तर, यसरी बढेको बजारमा ट्रेडरहरु हावी भएपछि पुनः सूचक दबाबमा परेको हो।

मंगलबार ३५ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र निफ्रा परेका छन्।

२३० कम्पनीको एक करोड २० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ। १३ मध्ये पाँच समूहका सूचक हरिया बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved