प्रहरी र अनेरास्ववियू कार्यकर्ताबीच बुटवलमा झडप, केही कार्यकर्ता घाइते

अनेरास्ववियूका कार्यकर्ताहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि उनिहरूलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको प्रहरीले जनाएको छ।

प्रहरी र अनेरास्ववियू कार्यकर्ताबीच बुटवलमा झडप, केही कार्यकर्ता घाइते

बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रहरी र एमालेको भातृ संगठन अनेरास्ववियूका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी अनेरास्ववियूका कार्यकर्ताहरु घाइते भएका अनेरास्ववियूले जनाएको छ।

झडपमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएका अनेरास्ववियूले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियूका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।

अनेरास्ववियूका कार्यकर्ताहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि उनिहरूलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved