बाँफिकोट गाउँपालिकाका ज्येष्ठ किसानले पाउने भए पेन्सन

नेपालभ्युज

बाँफिकोट गाउँपालिकाका ज्येष्ठ किसानले पाउने भए पेन्सन

सुर्खेत। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक पेन्सन दिने भएको छ। चालु आर्थिक वर्षबाटै लागु हुने गरी पेन्सन दिन लागिएको हो।

ज्येष्ठ किसानलाई प्रतिमहीना ५ सय रुपैयाँका दरले पेन्सन दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले दलित किसानको हकमा ५५ वर्ष पूरा भई ६० वर्ष नपुगेका र गैरदलितका हकमा ६० वर्ष पूरा भई ७० वर्ष ननाघेको हुनुपर्ने कार्यविधि तयार पारेर किसानलाई पेन्सन दिन लागेको हो। तर, पेन्सन लिन कुनै पनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको नागरिक हुनुपर्ने उल्लेख छ। एक घरबाट एक जनाले मात्र पेन्सन पाउनेछन्।

पेन्सनका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी वडा कार्यालयमा बुझाउनुपर्ने बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved