चार महीनामा १० लाख अफगानीले छाडे देश

नेपालभ्युज

चार महीनामा १० लाख अफगानीले छाडे देश

एजेन्सी। पछिल्लो चार महीनामा १० लाख बढी अफगानीले देश छाडेका छन्। स्थानी

स्थानीय मिडिया टोलो न्यूजकाअनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन्। तालिवानले पुन: सत्ता कब्जा गरेपछि त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर नभएपछि त्यहाँका नागरिकहरूले देश छाड्न थालेका छन्।

टोलो न्यूजले एक स्थानीयको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘‘म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरीको पढाइ जारी राख्न चाहन्छु।”

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए। अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन्।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन्। ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए। एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, “हामी काबुलबाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं।”

न्यूयोर्क टाइम्सले सामूहिक आप्रवासनले यस क्षेत्र र यूरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको बढ्ने चिन्ता व्यक्त गरेको छ। त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले यूरोपमा शरण खोजेका थिए।

यद्यपि तत्काल आर्थिक संकटको कारण धेरैले देश छाड्ने छनोट गरिरहेका छन्। तालिबान शासनमा महिलाहरूमाथिको प्रतिवन्ध र बदलाको डरले थप संकट बढाएको छ। त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थिति बारे थप चिन्ता व्यक्त गरेका छन्।

“इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छन्,” शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ। इस्लामिक इमिरेट्सको तथ्यांकले दैनिक अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाएको छ।

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि यूरोप जान खोजिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved