स्थानीय निर्वाचनमा कस्सियो कास्की एमाले

नेपालभ्युज

स्थानीय निर्वाचनमा कस्सियो कास्की एमाले

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले निर्वाचन लक्षित गतिविधि बढाएको छ।

कोरोनाका कारण जिल्ला कमिटीको पूर्ण बैठक बस्न नसक्दा २५ जनाभित्रै उपस्थिति रहनेगरी क्षेत्रानुसारको बैठक बोलाई स्थानीय निर्वाचन लक्षित खाका बनाउन कस्सिएको हो।

कास्की क्षेत्र नम्बर २ (क) बाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरूसँगको बिहीबारको बैठकमा पार्टीको केन्द्रीय अभियान सहितका कार्यक्रमलाई अघि बढाउने निर्णय भएको उपाध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए।

बैठकले पार्टी सदस्यहरूको विवरण रोष्टरमा तयार गर्ने, विकास निर्माणका कार्यहरूको विवरण उतार्ने र स्वेतपत्र तयार गर्ने निर्णय गरेको छ।

“जिल्ला भित्रका विकास निर्माणमा पार्टीको भूमिका र पहलकदमीको अभिलेख राख्छौं,” उपाध्यक्ष अधिकारीले भने, “केन्द्रीय कमिटीको पार्टी प्रवेश र घर फर्क अभियानलाई तीव्रता दिने छौं।”

मतदाता नामावाली अद्यावधिक गर्न नागरिकलाई सहयोग तथा पहलकदमी गर्ने र कार्यकर्ता प्रशिक्षणको कार्यक्रम अघि बढाउने निर्णय बैठकले गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved