वर्षा र हिमपातले अस्तव्यस्त कर्णाली

वर्षा र हिमपातले अस्तव्यस्त कर्णाली

सुर्खेत। लगातार वर्षात हिमपातका कारणले कर्णाली अस्तव्यस्त भएको छ। वर्षात् र हिमपातका कारणले कर्णाली राजमार्ग अवरुद्ध हुनुका साथै एक जनाको मृत्यु भएको छ भने हवाई उडान प्रभावित भएका छन्।

कर्णाली राजमार्गको कालीकोट खण्ड अन्तर्गत खाँडाचक्र नगरपालिमा–२ हुल्ममा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध बनेको हो। पहिरो गएराति १० बजेतिर आएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्रसिंह खड्काले राजमार्ग खुलाउनका लागि उक्त स्थानमा प्रहरी टोली खटाइएको छ।

बिहीबार बेलुकीदेखि परेको लगातारको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडकमा बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गको विभिन्न खण्डमा सवारीसाधन रोकिएका छन्। कतिपय सवारीसाधन हिउँमा चिप्लिएर नालीमा फसेका छन्।

हवाई उडान प्रभावित

हिमपातले नेपालगन्ज, सुर्खेत लगायतका उडान हुदै आएका हवाई उडान समेत ठप्प देखिएका छन्।

निजि एयरलाई सीता,समिट,तारा एयरले उडान भर्न समेत सकेका छैन। हुम्ला जिल्लामा यो वर्ष ठूलो हिमपात हो। साढे दुई फिटभन्दा बढी हिउँ जमेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved