सुटुक्क बिहे गर्दैछन् फरहान र शिवानी

नेपालभ्युज

सुटुक्क बिहे गर्दैछन् फरहान र शिवानी

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दाण्डेकरबीच विवाह हुने भएको छ।

२१ फेब्रुअरीमा विवाह हुने उनका पिता तथा बलिउड गीतकार जावेद अख्तरले पुष्टि गरेका छन्। दुवैले २१ तारिखमा विवाह दर्ता गर्ने र त्यसपछि सानातिना उत्सव हुने बताएका छन्।

विवाहबारे जावेदले भने, “यो जोडीले फेब्रुअरी २१ मा अदालतमा विवाह दर्ता गर्नेछन्। यसपछि खण्डालाको फार्महाउसमा परिवार र साथीभाइसँग अन्तरंग उत्सव मनाइनेछ। विवाहको सम्पूर्ण तयारीलाई वेडिंग प्लानरले हेरिरहेका छन्।”

उनले महामारीका कारण विवाहलाई सानो उत्सवका रूपमा मनाउने बताएका छन्। र अहिलेसम्म कसैलाई निमन्त्रणा पनि नपठाएको बताएका छन्। फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए। उनीहरू लिभिङ टुगेदरमा बस्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved