गण्डकी प्रदेशमा २९ हजारले लगाए बुस्टर डोज

नेपालभ्युज

गण्डकी प्रदेशमा २९ हजारले लगाए बुस्टर डोज

बागलुङ । गण्डकी प्रदेशमा २९ हजार २७० जनाले कोरोनाविरुद्धको बुस्टर डोज लगाएका छन्। दोस्रो मात्रा पूरा गरेकाहरूलाई बुस्टर डोज दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशअन्तर्गतको आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए।

उनका अनुसार अनुसार बुधवारसम्म गोरखाका चार हजार २७९‚ मनाङका ८७५, मुस्ताङका ३३४, म्याग्दीका दुई हजार ६७२, कास्कीका तीन हजार १३६, लमजुङका चार हजार ५२७ र तनहुँका तीन हजार ७० जनाले बुस्टर डोज लगाएका छन्।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक हजार ६८६, स्याङ्जाका तीन हजार ५६५, पर्वतका दुई हजार ४५९ जना र बागलुङका दुई हजार ६८५ जनाले बुस्टर डोज लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved