पाकिस्तानको दक्षिणपश्चिममा विद्रोही र सेनाबीच झडप, कम्तीमा सात सैनिकको मृत्यु

नेपालभ्युज

पाकिस्तानको दक्षिणपश्चिममा विद्रोही र सेनाबीच झडप, कम्तीमा सात सैनिकको मृत्यु

पाकिस्तानको तनावग्रस्त क्षेत्र मानिएको बालुचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतंककारी मारिएका सेनाले बिहीबार जनाएको छ।

यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन्।

बालोच विद्रोहीहरूले गत महिना लाहोरको पूर्वमा रहेको ठूलो सहरमा भएको घातक बम विस्फो सहित हालैका हप्ताहरूमा पाकिस्तानी सेनाविरुद्ध आक्रमण बढाएका छन्।

इरान र अफगानिस्तानसँग सिमाना जोडिएको तेल र ग्यासका लागि धनी मानिएको बालोचिस्तानको नौशकी र पन्जगुर जिल्लामा पाकिस्तानी सेनामाथि बुधबार आक्रमण भएपछि झडप भएको आन्तरिक मन्त्री शेख राशिद अहमदले बताए।

दुई छुट्टाछुट्टै आक्रमणमा जम्मा सात जना सिपाही र १३ जना विद्रोही मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। तथापि, विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत दिएको जानकारीमा बालोच लिबरेसन आर्मी (बीएलए) ले पाकस्तानी सुरक्षाकर्मीको शिविरहरूमा भएको आक्रमणमा दर्जनौं पाकिस्तानी सेनाको हत्या गरेको दाबी गरेको छ।

बिहीबारको अन्ततिर बीएलएले नौशकीमा सरकारी सेनाहरूमाथि गरिएको आक्रमण ‘सफलतापूर्वक पूरा’ भएको र ‘एक अधिकृतसहित पाकिस्तानी सेनाका कम्तीमा १०० कर्मचारीहरू परेको विद्रोहीले दाबी गरेको छ।

पाकिस्तानका एक वरिष्ठ सैनिक अधिकृतले उक्त दाबीलाई ‘झूटो’ दाबी भएको बताए। आक्रमणमा बीएलएले आफ्ना नौ जना सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ भने पन्जगुरमा अझै झडप चलिरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved