जलवायु परिवर्तनबारे ११ जना बल्गर्सले बनाएको भिडिओको काठमाडौंमा प्रिमियर

नेपालभ्युज

जलवायु परिवर्तनबारे ११ जना बल्गर्सले बनाएको भिडिओको काठमाडौंमा प्रिमियर

काठमाडौं। जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा पुर्‍याएको असरबारे बनेको भिडिओहरूको काठमाडौंमा प्रिमियर गरिएको छ। विश्वका चर्चित ११ जना बल्गर्सले नेपालको खुम्बु क्षेत्र र सगरमाथा आधार शिविर पुगेर बनाएको भिडिओको आज २० माघमा पर्यटन बोर्डमा प्रिमियर गरेको हो।

‘बल्र्ड ब्लग च्यालेन्ज’ प्रतियोगिता अन्तर्गत ब्लगरहरूले ३ कात्तिक देखि ११ कात्तिकमा खिचेर बनाएको भिडिओहरूमा जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पुर्‍याएको असर देखाउने कोशिस गरिएको आयोजकले जनाएका छन्।

पार्टी नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एसिमोडलगायत संस्थाहरूको सहयोगमा आयोजना भएको प्रतियोगितामा तयार भएका ब्लगहरूमध्ये उत्कृष्ट तीनवटालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

२५ माघ मंगलबारबाट शुरु हुने पब्लिक भोटिङबाट उत्कृष्ट भएका पाँच ब्लग छानिने र त्यसपछि निर्णायक टोलीले तीन ओटा सर्वोेत्कृष्ट ब्लग छानेर पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएका छन्। प्रतियोगितामा उत्कृष्ट हुने भिडिओलाई ५० हजार अमेरिकी डलर (करिब ६० लाख रुपैयाँ), दोस्रोलाई ३० हजार अमेरिकी डलर (करिब २६ लाख रुपैयाँ ) र तेस्रोलाई २० हजार अमेरिकी डलर (करिब २४ लाख रुपैयाँ) प्रदान गर्ने आयोजकले जनाएको छ।

वर्ल्ड ब्लग च्यालेन्ज प्रतियोगिताका लागि नेपालसहित भारत, कोलम्बिया, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका ब्लगरहरू सहभागी भएका थिए। सर्वसाधारणले वर्ल्ड ब्लग च्यालेन्जको सामाजिक सञ्जालहरूमा गएर मन परेका ब्लग भिडिओलाई भोट गर्न सक्ने आयोजकले जनाएको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले यो प्रतियोगिताले जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै नेपाललाई विश्वसामु थप परिचित गराउन तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने बताए।

विश्वविख्यात आरोही तथा ब्लर्ड ब्लग च्यालेन्लका टिम लिडर मिङ्मा डेभिड शेर्पाले नेपालका हिमालहरूमा निरन्तर ग्यासियर पग्लिने क्रम बढ्दै गएको बताए। यसले भविष्यमा मानवीय संकट निम्त्याउन सक्ने उल्लेख गर्दै उनले भने, “त्यसैले बेलैमा हामीले विश्व समुदायलाई सचेत गराउन आवश्यक छ। नेपालको अवस्था विश्वसामु राख्न यो भिडिओ प्रतियोगिताले सहयोग गरेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved