लुम्बिनीमा विद्यालय खुलाउन प्याब्सनको माग

नेपालभ्युज

लुम्बिनीमा विद्यालय खुलाउन प्याब्सनको माग

बुटवल। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनको लुम्बिनी प्रदेश कमिटीले बन्द भएका शैक्षिक संस्था खोल्न आग्रह गरेको छ।

कोरोनाको तेस्रो लहरको संक्रमण देखिन थालेपछि सरकारले शैक्षिक संस्थाहरू पूर्ण रूपले बन्द गरेको छ। हाल शैक्षिक गतिविधिहरू प्रायः ठप्प छन्। यस्तो अवस्थामा विद्यार्थीहरूको पढाइमा असर पारेकाले गम्भीर बन्न प्याब्सनले आग्रह गरेको हो।

बिहीबार प्याब्सन लुम्बिनी प्रदेशो तर्फबाट मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी विद्यालय खोल्ने वातावरण तयार गर्न आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्याब्सन, प्रदेश अध्यक्ष लालहरि पाण्डेको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीसमक्ष विद्यालय खोल्न विशेष पहलकदमी बढाउन आग्रह गरे। लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले सचेत हुनुपर्ने बताए।

पत्र बुझ्दै मुख्यमन्त्री कुलप्रसाद केसीले यसबारे आफू पनि चिन्तित भएकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थीलाई दिने खोपलाई व्यवस्थित बनाउने र शैक्षिक क्षेत्र सुचारु गर्ने कुरामा आफूले डीसीसीएमसीको बैठक राखेर अध्ययन गर्न आग्रह गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved