बयलबास झडपमा प्रहरीको गोली लागी घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने

नेपालभ्युज

बयलबास झडपमा प्रहरीको गोली लागी घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने

सर्लाही । ईश्वरपुर इलाका प्रहरी कार्यालयको भ्यानले स्थानीय व्यापारीको मृत्यु भएपछि प्रहरीले चलाएको गोली लागी घाइते भएका सञ्जय कुमार साहको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।

गृह मन्त्रालयले एक पत्र लेखी राष्ट्रिय ट्रमा सेन्टरलाई उपचार व्यवस्था मिलाउन आदेश दिएको हो। साहको हाल सर्लाहीमै उपचार भइरहेको छ।

प्रहरीको भ्यानले ठक्कर दिँदा पुस ११ गते आइतबार राति स्थानीय बजारमा फेन्सी पसल चलाउँदै आएका रामकुमार महतोको मृत्यु भएको थियो। महतोको मृत्युपछि व्यापारी तथा स्थानीयले प्रहरीको भ्यान जलाउनुका साथै बजार क्षेत्रमा तोडफोड गरेका थिए। तोडफोडमा उत्रिएकालाई हटाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो।

लगातार तीन दिनसम्म स्थानीयले प्रदर्शन जारी राखेपछि प्रहरीले बल प्रयोग गरेको थियो। उक्त क्रममा प्रहरीले फायर पनि गरेको थियो। सोही क्रममा साह घाइते भएका थिए।

महतोको प्रशासनबाटै हत्या भएको भन्दै स्थानीयले दुर्घटनामा संगल्न प्रहरीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। स्थानीय तथा मृतकका आफन्तले भ्यान चलाउने प्रहरी ड्राइभरलाई जागिरबाट बर्खास्त गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालयमा भएका सबै प्रहरीहरूको सरुवा माग गरेका थिए।

साथै मृतकका आफन्तले उचित क्षतिपूर्ति माग राख्दै बजार बन्द गराएका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved