सहमतिमा एमसीसी पास गर्नुपर्छ : टोपबहादुर रायमाझी (भिडिओ)

नेपालभ्युज

सहमतिमा एमसीसी पास गर्नुपर्छ : टोपबहादुर रायमाझी (भिडिओ)

काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले दलहरूबीचको सहमतिमा एमसीसी पास गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले एमसीसी छिटो संसदमा पेश गर्न प्रधानमन्त्री शेरहादुर देउवालाई सुझावसमेत दिए। एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने उनको तर्क थियो। उनले नेपालमा उत्पादित विद्युत् भारत, पाकिस्तान र बंगलादेशमा बिक्री गर्न एमसीसीले समेटेका विद्युतीय प्रशारणलाइन छिटो बन्नुपर्नेमा समेत जोड दिए।

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको बताए। “हामी अहिले प्रतिपक्षमा छौं। एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुंगो लगाओस्। संसदमा टेबुल भएपछि हामी सोच्छौं, अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन।”

नेकपा एमालेलाई कुनै पनि दलको नभई नेपाली जनताको सहारा चाहिएको पनि उनले बताए।

पूर्वमाओवादी नेता रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरूले साथ दिने जानकारी दिए।

सभामुखलाई हटाउँदा नै राम्रो हुने बताउँदै उनले आफूहरूले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको स्पष्ट पारे। “हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ। एमसीसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ। सभामुखमाथि महाभियोग लगाउन हामीसँग बहुमत छैन”, रायमाझीले भने, “तर सभामुखलाई हटाउँदा राम्रो हुन्छ। कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved