तालिवानलाई सैन्य पोसाक र हतियार लिएर पार्कमा जान रोक

नेपालभ्युज

तालिवानलाई सैन्य पोसाक र हतियार लिएर पार्कमा जान रोक

काबुल। जनतासामु सरकारको छाप सकारात्मक देखाउन भन्दै अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरूलाई हतियारसहित मनोरञ्जन पार्कमा जान बन्देज लगाएको छ। ‘‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरञ्जन पार्कमा जान अनुमति छैन,’’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गरेका छन्, ‘‘उनीहरूले मनोरञ्जन पार्कका सबै नियमहरू पालना गर्नुपर्छ।’’
अमेरिकाको समर्थन पाएको पूर्वसरकारविरुद्ध दुई दशक लामो युद्ध गरेका तालिवानहरुले अगस्टमा सत्तापलट गरेपछि सहर र गाउँमा बन्दुक बोकेर पुग्ने गरेका छन्।
सन् १९९६ देखि २०११ म अफगानिस्तानमा पहिलो पटक सत्ताको नेतृत्व गरेका तालिवान आफ्ना पाशविक गतिविधिका कारण कुख्यात छन्। तर, अगस्टमा सत्ता कब्जा गरेपछि उनीहरूले आमअफगानी र विश्व समुदायसामु उदारवादी देखिन खोजेका छन्।
तालिवानले सत्ता हातमा लिएपछि तालिवानका नेता र कार्यकर्ताको आकर्षण राजधानी काबुलस्थित क्वारघा रिजर्भको सबैभन्दा ठूलो मनोरञ्जन पार्कमा देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved