रेल्वेका लागि भारतले १३ खर्ब ७० अर्ब भारु छुट्यायो, हाइस्पिड रेलमा खर्च गरिने

नेपालभ्युज

रेल्वेका लागि भारतले १३ खर्ब ७० अर्ब भारु छुट्यायो, हाइस्पिड रेलमा खर्च गरिने

नयाँदिल्ली। भारतले रेल्वे परियोजना सम्पन्न गर्न १३ खर्ब ७० अर्ब भारतीय रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ।

रेल्वे नेटवर्क विस्तार, व्यवस्थापन तथा नयाँ एक्सप्रेस रेल निर्माणका लागि आर्थिक वर्ष २०२२–२३ को युनियन बजेटमा रेल्वे मन्त्रालयका लागि भारतीय अर्थमन्त्री निर्मला सितारमणले उक्त बजेट छुट्याएको जानकारी दिइन्। मंगलबार प्रस्तुत गरेको उक्त बजेट हालसम्मकै ठूलो बजेट हो।

भारतका रेल्वे मन्त्री अश्विनी वैश्णवले विगत लामो समयदेखि अलपत्र रहेका रेल्वे परियोजनाहरू सम्पन्न गर्न उक्त बजेट खर्च गरिने बताए।

यस्तै, बजेटमार्फत अर्थमन्त्री सीतारमणले आगामी तीन वर्षभित्रमा उच्च गतिमा गुड्ने ४०० वटा ‘बन्दे भारत एक्सप्रेस ट्रेन’ निर्माण गर्ने योजना पनि प्रस्तुत गरेकी छन्। नयाँपुस्ताको उक्त रेलको डिजाइन पनि सम्पन्न भइसकेको छ।

साथै, नयाँ वन्दे भारत रेलको आगामी अप्रिल महिनामा परीक्षण शुरु गर्ने र अगस्ट-सेप्टेम्बर महिनादेखि निर्माण शुरु गर्ने पनि रेल्वे मन्त्री वैश्णवले जानकारी दिए। भारतले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ।

सडक, बन्दरगाह, रेल्वे तथा यातायतको क्षेत्रहरूले बजेटको ठूलो हिस्सा ओगटेका छन्।

‘आत्मनिर्भर भारत’ अभियान अन्तर्गत मोदी सरकारले २ हजार किलोमिटर भारतीय रेल्वेलाई स्वदेशमै विकास गरिएको सुरक्षा प्रणालीभित्र ल्याउने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved