कांग्रेस नेतासँग देउवाले भने, ‘५ जेठअघि नै स्थानीय चुनाव गराउनुपर्छ’

कांग्रेसका प्रदेश समिति सभापति ईन्द्र बानियाँको नेतृत्वमा बालुवाटार गएको प्रतिनिधिमण्डलसँगको भेटमा देउवाले स्थानीय चुनाव बारे कुरा गरेका थिए।

नेपालभ्युज

कांग्रेस नेतासँग देउवाले भने, ‘५ जेठअघि नै स्थानीय चुनाव गराउनुपर्छ’
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका पदाधिकारीको अवधि सकिनुअघि नै नयाँ निर्वाचन गर्ने बताएका छन्।

कांग्रेसको बागमती प्रदेश समितिको डेलिगेसनसँगको कुराकानीमा ५ जेठअघि नै गर्ने बताएका हुन्।

कांग्रेसका प्रदेश समिति सभापति ईन्द्र बानियाँको नेतृत्वमा बालुवाटार गएको प्रतिनिधिमण्डलसँगको भेटमा देउवाले स्थानीय चुनाव बारे कुरा गरेका थिए।

“जेठ ५ गतेभन्दा पछि गर्दा कानूनी व्यवधान आउँछ। त्यसैले जेठ पहिलो साता स्थानीय चुनाव गर्नुपर्छ,” देउवाको भनाइ उधृत् गर्दै कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले नेपालभ्यूजसँग भने, “जेठ पहिलो साता चुनाव गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको आशय थियो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved