सवारी दुर्घटनामा एकको मृत्यु

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौं बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की मृत्यु रहेका प्रहरीले जनाएको छ।

नेपालभ्युज

सवारी दुर्घटनामा एकको मृत्यु
सांकेतिक तस्वीर

हेटौँडा। मकवानपुरको हेटौँडामा सोमबार साँझ साढे आठ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ च ५९९४ नम्बरको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को १ ख १३२८ नम्बरको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बोलेरो चालक काठमाडौं बालाजु बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की मृत्यु रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा–११ चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, सोही दुर्घटनामा परेर बोलेरोमा सवार सोही ठाउँ बस्ने अन्दाजी ५० वर्षीय दिनेश कार्की घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved