१३ दशमलव ४८ अंकले घट्यो शेयर बजार

नेपालभ्युज

१३ दशमलव ४८ अंकले घट्यो शेयर बजार

काठमाडौं। साताको दोस्रो कारोबार दिन शेयर बजारमा सामान्य गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १३ दशमलव ४८ अंकले घटेर २ हजार ८७२ दशमलव ०५ विन्दूमा पुगेर बजार बन्द भएको हो।

आज १४ उपसमूहमध्ये माइक्रोफाइनान्स, लगानी र अन्य क्षेत्रको परिसूचक सामान्य बढेकोमा बाँकी १० उपसमूहको शेयर घटेको छ। आज फर्वार्ड माइक्रोफाइनान्स,  विन नेपाल लघुवित्त र नेपाल हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

यस दिन कारोबार पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ६ अर्ब बढीको शेयर खरीदबिक्री भएकोमा आज ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको १ करोड १ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved