नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा एघार जनाको हत्या

उनीहरूले उक्ता गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन्।

नेपालभ्युज

नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा एघार जनाको हत्या
सांकेतिक तस्वीर

एजेन्सी। उत्तर नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारणको हत्या गरेका बताइएको छ।

आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरूले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। गोली लागेर  एघार जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना गम्भीर घाइते भएका छन्। उनीहरूले उक्ता गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन्।

प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरुलाई अस्पताल पुर्‍याएको थियो। हमला कसले र किन गरेको हो भन्ने बारेमा पत्ता लागेको छैन। यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

उक्त राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरू हुने गरेको छ। सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved