चुनाव हुने भएपछि तेहोरो अंकले बढ्यो शेयर बजार

नेपालभ्युज

काठमाडौं। सरकारले स्थानीय तहको चुनाव गर्ने निर्णय गरेसँगै शेयर बजारमा हरियाली छाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक तेहोरो अंकले बढेको छ।

आज परिसूचक १०५ दशमलव ५५ अंकले बढेको छ। परिसूचक आज २ हजार ८७३ दशलमव ७७ विन्दुमा पुगेर बजार बन्द भएको छ। आज धितोपत्रमा २२५ कम्पनीको ४ अर्क ४७ करोड रुपैयाँको ८५ लाख ३४ हजार ६७० कित्ता शेयर खरीदबिक्री भएको छ।

१३ ओटै उपसमूहमा हरियाली देखिएकोमा आज नेपाल इन्फ्रास्ट्रक्चर, विन नेपाल लघुवित्त, शिवश्री हाइड्रोपावर र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको हो।

शनिबार सत्ता गठबन्धनको  बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो। चुनावको घोषणापछि शेयर बजार बजार बढ्ने अनुमान लगानीकर्ताहरूले गरेका थिए। शनिबार नै विश्लेषकहरूले यो आइतबारदेखि नै बजारमा सुधार हुने अनुमान गरेका थिए।

चुनावकव समयमा पैसाको प्रवाह हुने भएकाले यसले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved