पोखरा महानगरपालिकाको सेवा स्थगन

महानगर कार्यालयका केही कर्मचारी कोभिड संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमा लक्षण देखिएपछि सेवा स्थगन गरिएको महानगरले जनाएको छ।

नेपालभ्युज

पोखरा महानगरपालिकाको सेवा स्थगन

पोखरा। पोखरा महानगरपालिकाले कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका आफ्नो सेवा रोकेको छ। महानगरले १६ माघसम्म सेवा स्थगन गर्ने जनाएको छ।

महानगर कार्यालयका केही कर्मचारी कोभिड संक्रमित भई आइसोलेसनमा रहेको र थप कर्मचारीमा लक्षण देखिएपछि सेवा स्थगन गरिएको महानगरले जनाएको छ।

‘संक्रमण जोखिम थप बढ्न सक्ने हुँदा सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका नियमित सेवाहरु मिति २०७८÷१०÷१६ गतेसम्मका लागि स्थगन गरिएको सबैमा जानकारी गराइन्छ’, महानगरको सूचनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved