राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि शुरु भएको छ। १२ माघमा तय भएको निर्वाचनको लागि आइतबार मध्यरात अर्थात् ४८ घण्टा अगावै मौन अवधि शुरु भएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन। मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ ।

निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved