कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन देखियोः स्वास्थ्य मन्त्रालय

अधिकारीका अनुसार देशभर थप ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमूनामा ओमीक्रोन पुष्टि भएको हो। र बाँकी चार नमूनामा डेल्टा देखिएको छ।

नेपालभ्युज

कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन देखियोः स्वास्थ्य मन्त्रालय

काठमाडौं। नेपालमा अहिले कोभिड १९ संक्रमितहरु मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ।

विश्वभर डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गरे जस्तै नेपालमा पनि ओमिक्रोन बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

अधिकारीका अनुसार देशभर थप ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमूनामा ओमीक्रोन पुष्टि भएको हो। र बाँकी चार नमूनामा डेल्टा देखिएको छ।

त्यसैगरी, नेपालमा हालसम्म ५५ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved