एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ।

डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved