आहा रारा गोल्डकप: नेपाल पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै

नेपालभ्युज

आहा रारा गोल्डकप: नेपाल पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै

काठमाडौं। आहा रारा गोल्डकपमा आज क्वाटरफाइनल अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्। यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ। दुवै जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन्।

एपिएफले आयोजक सहारालाई २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको थियो। प्रतियोगिताको अन्तिम प्रि–क्वार्टरफाइनलमा शुक्रबार नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।

२०औँ संस्करणमा मनाङको पहिलो खेल हो। ए डिभिजन टोली र बाँकी २ टोलीसहित १० टोलीले २०औँ संस्करणको आहा गोल्ड कपमा भाग लिएका छन्। माघ १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved