कोरोना महामारी कम नभएसम्म पार्टीको जनपरिचालन जिम्मा अध्यक्षलाई

नेपालभ्युज

कोरोना महामारी कम नभएसम्म पार्टीको जनपरिचालन जिम्मा अध्यक्षलाई

काठमाडौं। नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले सो निर्णय गरेको हो। त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए।

एमसीसीका बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको महराले बताए।

भने, “अहिलेको समसामयिक परिस्थितिको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्य साथ बैठक बोलाइएको हो। आजको बैठकमा तीन वटा कुरा बिफ्रिङ गर्नुभएको छ अध्यक्ष कम्रेडले। एउटा आज बस्ने भनिएको थियो केन्द्रिय कमिटीको बैठक। हमीले यो तत्काललाई बस्न सम्भव छैन। अहिलेको जुन कोभिडको स्थिती छ, यो अलि चर्को छ। त्यस कारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने, तर तत्काल कामको निमित्त अध्यक्ष कम्रेडले कामहरू अघि बढाउने, केही तलका संगठनात्मक कामहरू बाँकी रहेका छन् भने टुंग्याउने तल प्रदेश जिल्लाहरूले। त्यसपछि केही कामहरू खास गरेर जनपरिचालनका कामहरू अध्यक्ष कमरेडले दिने भन्ने निर्णय भयो।”

नेता महराले बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरूको रायअनुसार कानूनविद्हरूसँग छलफल गरेर निस्कर्षमा पुग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved