आज मध्यरातदेखि काठमाडौँमा घरबाहिर निस्किँदा खोप कार्ड अनिवार्य

काठमाडौँ उपत्यकामा आज (शुक्रबार) मध्यरातदेखि सार्वजनिक स्थान र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू हुँदैछ।

नेपालभ्युज

आज मध्यरातदेखि काठमाडौँमा घरबाहिर निस्किँदा खोप कार्ड अनिवार्य

काठमाडौं। काठमाडौँ उपत्यकामा आज (शुक्रबार) मध्यरातदेखि सार्वजनिक स्थान र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू हुँदैछ। उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई घरबाहिर निस्किँदा पनि कार्ड अनिवार्य गरेको हुन।

आज मध्यरातदेखि लागू हुने आदेशमा भनिएको छ, ‘घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोप कार्ड (मोबाइलमा भए पनि हुने) राख्ने।’

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै प्रशासनले नयाँ आदेश जारी गरेको हो।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ हजार ९८१ जना सङ्क्रमित थपिएका छन्।

२४ घण्टामा देशभर १२ हजार ३३८ जना सङ्क्रमित थपिएकोमा ५६।५७ प्रतिशत सङ्क्रमित काठमाडौं उपत्यकामा फेला परेका हुन्। यस्तै, देशभर ५७ हजार ३२८ जना सक्रिय सङ्क्रमित रहँदा काठमाडौं उपत्यकामा ३७ हजार ९३ जना सक्रिय सङ्क्रमित छन्। यो कुल सक्रिय सङ्क्रमितको ६४।७० प्रतिशत हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved