७ माघदेखि काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमा जोर बिजोर प्रणाली लागू

नेपालभ्युज

७ माघदेखि काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि (शुक्रबार ७ माघ) राति १२ बजेबाट जोर-बिजोर प्रणालीमा यातायात चलाउनुपर्ने निर्णय भएको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बिहीबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको हो। अब जोर दिनका दिन जोर नम्बर प्लेटका सवारी र बिजोरका दिन बिजोर नम्बर प्लेटका सवारी मात्र चलाइने पाइने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।

सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थ सहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका साधान बोकेका सवारीलाई जोर बिजोर लागु हुने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved