भारतमा एकदिनमा थपिए साढे दुई लाख कोरोना संक्रमित

नेपालभ्युज

भारतमा एकदिनमा थपिए साढे दुई लाख कोरोना संक्रमित

नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना संक्रमित भएका छन्।

अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितहरुको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ संक्रमित थपिएका थिए।

भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन्। संक्रमित अवस्थामै रहेकाहरुको संख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। अहिलेसम्म संक्रमितमध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट संक्रमित रहेको पाइएको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ५१ हजार ७४० रहेको छ। एउटै अवधिमा नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या झण्डै एक लाख कम भएकाले दैनिक रुपमा सक्रिय संक्रमितहरुको संख्या बढ्दै गएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved