पछिल्लो २४ घण्टामा विश्वभर थपिए साढे १९ लाख संक्रमित

नेपालभ्युज

पछिल्लो २४ घण्टामा विश्वभर थपिए साढे १९ लाख संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यस्तै‚ विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।
थपिएका नयाँ संक्रमितमध्ये भने अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, भारतमा २ लाख ५७ हजार र इटलीमा १ लाख ४९ हजार रहेका छन्।

यस्तै‚ सोही अवधिमा अस्ट्रेलियामा ८६ हजार, बेलायतमा ७० हजार, अर्जेन्टिनामा ६५ हजार, टर्कीमा ५४ हजार र मेक्सिकोमा ४७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
यो अवधिमा विश्वभर झन्डै ४ हजार मानिसको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। जसमध्ये रसियामा ६८६, भारतमा ३८८, अमेरिकामा ३२२, इटलीमा २४८ र मेक्सिकोमा २२७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved