चीनमा ९० प्रतिशतले लगाए कोरोनाको खोप

चीनका एक अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ।

नेपालभ्युज

एजेन्सी। करीब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। चिनियाँ स्वस्थ्य अधिकारीहरुका अनुसार चीनका करीब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्।

शुक्रबारसम्मको तथ्यांकमा चीनका एक अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ।

शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन्। सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए।

चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका संक्रमितहरु देखिन थालेका छन्। ती संक्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved