कोरोनाविरुद्ध ‘बुस्टर डोज’ खोप भोलिदेखि दिइने

‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका ६ महीना पूरा भएका व्यक्ति, फ्रन्टलाइनर र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

नेपालभ्युज

कोरोनाविरुद्ध ‘बुस्टर डोज’ खोप भोलिदेखि दिइने
फाइल तस्वीर

काठमाडौं। सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ।

फ्रन्टलाइनरलाई २ माघदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महीना पूरा भएका व्यक्तिलाई १४ माघदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ।

‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका ६ महीना पूरा भएका व्यक्ति, फ्रन्टलाइनर र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइएभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन्।

कोरोना भाइरस संक्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो। हिजो ३० पुसमा पाँच हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ। कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved