बेलायतमा एकैसाता थपिए ४३ लाख कोरोना संक्रमित

बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन्।

नेपालभ्युज

बेलायतमा एकैसाता थपिए ४३ लाख कोरोना संक्रमित

एजेन्सी। बेलायतमा गत हप्ता ४३ लाख मानिस कोरोना संक्रमित भएका छन्।

अघिल्लो हप्ताको कोरोना संक्रमणको संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले बुधबार जानकारी दिएको छ।

इंग्ल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ। त्यहाँको तथ्यांकअनुसार ६ जनवरीसम्म हप्तामा १५ जना मध्ये एक जनामा कोरोनाभाइरस संक्रमण भएको जनाइएको छ।

वेल्समा, गतहप्ता २० मध्ये एक जनामा संक्रमण देखिँदा एक लाख ५७ हजार ९०० जना यो रोगबाट संक्रमित भएका छन्।

उत्तरी आयरल्याण्डमा एक हप्तामा दुई लाख ३८ हजार मानिसहरू संक्रमित भएका छन्।कोभिड १९ को संक्रमण इंग्ल्याण्डको पूर्वी भाग र लन्डन बाहेक इंग्ल्याण्डका सबै क्षेत्रहरूमा बढ्दै गएको ओएनएसले जनाएको छ।

बेलायतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड–१९ संक्रमण भएको छ। हाल बेलायतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्यांकमा उल्लेख छ।

कोरोनाभाइरस संक्रमणको कारण गत २४ घण्टामा बेलायतमा थप ३९८ जनाको निधन भएको छ। यसैसँगै कोरोनाको कारण मृत्यु भएको कूल मृतकको संख्या एक लाख ५१ हजारभन्दा बढी पुगेको ओएनएसले जनाएको छ।

बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन्। पछिल्लो तथ्यांकअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोनाभाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved