कालु पाँडेको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

नेपालभ्युज

कालु पाँडेको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका पृथ्वीनारायण शाहका सहयोद्धा काजी कालु पाँडेको शालिकमा माल्यार्पण गरेकी छिन्।  राष्ट्रपतिले चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गरेका हुन्।

उनले माल्यार्पणको अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेकी छिन्।

राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved