अपहरित ३० शिक्षक र विद्यार्थीको ६ महीनापछि उद्धार

ती शिक्षक र विद्यार्थीको खोजीका लागि त्यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो। प्रहरी टोलीले ६ महीना लामो खोजपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ।

नेपालभ्युज

अपहरित ३० शिक्षक र विद्यार्थीको ६ महीनापछि उद्धार

एजेन्सी। उत्तरी नाइजेरियाको एक विद्यालयबाट ६ महीनाअघि गत जुनमा अपहरणमा परेका शिक्षक र विद्यार्थी गरी ३० जनाको उद्धार गरिएको छ।

उनीहरुलाई ६ महीनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो। त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए।

ती शिक्षक र विद्यार्थीको खोजीका लागि त्यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो। प्रहरी टोलीको ६ महीना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ।

केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले उद्धार गरिएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सार्कीले आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले लामो समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताएका समाचारमा जनाइएको छ।

‘नाइजेरियामा पछिल्लो समयमा यहाँका हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन्,’ समाचारमा सार्कीको भनाइ उद्धृत गरिएको छ, ‘विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको बताएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved