भारतमा ‘फ्रन्टलाइनर’लाई आजदेखि बुस्टर डोज

नेपालभ्युज

भारतमा ‘फ्रन्टलाइनर’लाई आजदेखि बुस्टर डोज

काठमाडौं। भारतमा सोमबार (आज) देखि अग्रपंक्तिमा काम गर्ने, स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको तेस्रो खोप दिन शुरु हुँदैछ। पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र फैलिरहेका बेला ‘बुस्टर डोज’ दिन लागिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो खोप प्रदान गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुरूप आजबाट बुस्टर डोज खोप दिन लागिएको हो।

सरकारले तोकेका व्यक्तिहरू सीधै खोप केन्द्रमा गई खोप लगाउन पाउने बताइएको छ। योसँगै अग्रपंक्तिमा काम गर्ने, ६० वर्षभन्दा माथिका व्यक्ति, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्ति तथा दीर्घ रोगीले तेस्रो खोप खोप केन्द्रमा गएर सहजै लिन पाउनेछन्।
यद्यपि तेस्रो डोज खोपका लागि दोस्रो खोप लिएको ९ महिना पुग्नुपर्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved