फ्रन्टलाइनर र जेष्ठ नागरिकलाई माघ पहिलो सातादेखि बुस्टर डोज

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो। मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ।

नेपालभ्युज

फ्रन्टलाइनर र जेष्ठ नागरिकलाई माघ पहिलो सातादेखि बुस्टर डोज

काठमाडौं। कोभिड फ्रन्टलाइनर तथा जेष्ठ नागरिकले कोरोना विरुद्धको खोपको बुस्टर डोज पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनर र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको हो।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो सातादेखि फ्रन्टलाइनमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो सातादेखि रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए।

पोखरेलले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइन लागेको बताए। नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ संक्रमण ८.४९ प्रतिशतमा देखिएको छ। हिजो मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो।

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन लागेको हो। हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो।

यसअघि, गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (२० पुस) लगाएर स्थगित गरिएको थियो।

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो। मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका फ्रन्टलाइनमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ।

कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महीना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाइएको छ। अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ।

स्वास्थ्य सचिव डा. पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टिजेन परीक्षण बढाइएको समेत बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved