पूर्वमुख्यमन्त्री शेरधन राईले फिर्ता गरे सरकारी गाडी

मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले सरकारी गाडी भने प्रयोग गरिरहेका थिए। प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई दिने सेवासम्बन्धी कानून नभए पनि राईले गाडी फिर्ता गरेका थिएनन्।

नेपालभ्युज

पूर्वमुख्यमन्त्री शेरधन राईले फिर्ता गरे सरकारी गाडी

काठमाडौं। प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन्। राईले प्रयोग गरेको सरकारी गाडी शुक्रबार फिर्ता गरेका हुन्।

प्रदेश १ को पहिलो मुख्यमन्त्री राईले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए। उनले मुख्यमन्त्री पद गुमेपछि पनि सरकारी गाडी फिर्ता गरेका थिएनन्।

गत १० भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका राईले सरकारी गाडी भने प्रयोग गरिरहेका थिए। प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई दिने सेवासम्बन्धी कानून नभए पनि राईले गाडी फिर्ता गरेका थिएनन्।

राईले शुक्रबार फिर्ता गरेको गाडी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको हो। उनले तत्कालीन योजनामन्त्री ईन्द्र आङ्बोलाई बर्खास्त गरेपछि गाडी आफू मातहत ल्याएका थिए।

राई मन्त्रालयबाट तानेर उक्त गाडीलाई काठमाडौंमा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved