ओभर टाइमको पैसा दिन नसके पनि कर्मचारीलाई खाजाको व्यवस्था गर्दैछौं : गृहमन्त्री खाँण

नेपालभ्युज

ओभर टाइमको पैसा दिन नसके पनि कर्मचारीलाई खाजाको व्यवस्था गर्दैछौं : गृहमन्त्री खाँण

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्।

गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा खाँणले यसबारे अर्थमन्त्रालयसँग पहल गरिरहेको जानकारी दिए। सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो।

हाल नागरिकता, ई-पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरूले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाइएको पनि उनले बताए।

गृहमन्त्री खाँणले कर्मचारीहरूलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरूले सरकारलाई सचेत गराउनु पर्ने बताए। सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए।

मन्त्री खाँणले सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved