बिहीबार राति पहाड र तराईमा हल्का वर्षा, शुक्रबार दिउँसो पनि सामान्य बदली हुने

नेपालभ्युज

बिहीबार राति पहाड र तराईमा हल्का वर्षा, शुक्रबार दिउँसो पनि सामान्य बदली हुने

काठमाडौं । मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भइरहेको छ।

जसअनुसार बिहीबार राति देशका पहाडी तथा तराइका केही भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो  देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षासमेत हुने महाशाखााले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने महाशाखाको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved