कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियारको उम्मेदवारी घोषणा

नेपालभ्युज

कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियारको उम्मेदवारी घोषणा

जनकपुरधाम । नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार ‘जोगी’ ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

काँग्रेस पार्टीका प्रदेश २ संसदीय दलका नेता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले आज जनकपुरधाममा आयोजना गरिएको घोषणा सभामा सभापति पदका लागि पजियारको प्रस्ताव गरेका हुन्। जिल्ला सभापति महेशशंकर गिरीले उनको प्रस्तावलाई समर्थन गरेका छन्।

आगामी माघ १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा पजियारले कांग्रेसका नेता विमलेन्द्र निधिको समूहबाट उम्मेदवारी दिन लागेका हुन्।

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै नेता पजियारले धनुषामा कमजोर रहेको पार्टीलाई बलियो बनाउने र अगामी तीनै तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउने आफ्नो मुख्य लक्ष्य रहेको बताए।

मन्त्री रामसरोज यादवले पजियारको नेतृत्वमा धनुषामा कांग्रेस एक हुने दाबी गरे ।

धनुषा सभापतिमा संस्थापन पक्षबाट वर्तमान उपसभापति सन्तोष यादव, पूर्व सांसद् दिनेश प्रसैला यादव र वर्तमान सचिव विशेश्वर यादव आकांक्षी छन्।

यद्यपी, उनीहरुमध्ये कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved