भूकम्पले भत्काएका ५० हजार घरको पुनर्निर्माण सम्पन्न

निर्माणसम्बन्धीका धेरै कामहरू भएका छन् तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन जसले पुनर्निर्माण समयमै हुन सकेन।

नेपालभ्युज

भूकम्पले भत्काएका ५० हजार घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं।  २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण सकिएको छ।

भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडीपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करीब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ। आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरू ६ वर्षपछि आफ्नै आवासमा बस्न थालेका छन्।

गोरखा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरू सकिएको र केही विद्यालय तथा सांस्कृतिक सम्पदाका कामहरू बाँकी रहेको बताए। उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरू पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे।

‘‘निर्माणसम्बन्धीका धेरै कामहरू भएका छन् तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन जसले पुनर्निर्माण समयमै हुन सकेन” उनले भने।

२०७२ वैसाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved