राष्ट्रियसभा सदस्य निर्वाचन : आज दाबी विरोध र उजुरी दिने समय

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज (बुधबार) उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ।

नेपालभ्युज

राष्ट्रियसभा सदस्य निर्वाचन : आज दाबी विरोध र उजुरी दिने समय

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज (बुधबार) उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ। पुस २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ।

पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने समय छ। पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved